खेल संसार
मिथाली राज बनिन् ६ विश्वकप खेल्ने पहिलो महिला क्रिकेटर

भारतीय महिला क्रिकेट टोलीकी कप्तान मिथाली राज ६ पटक विश्वकप क्रिकेट खेल्ने पहिलो महिला खेलाडी बनेकी छन् ।



न्युजिल्यान्डमा जारी आईसीसी महिला एकदिवसीय विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै मिथालीले यो कीर्तिमान कायम गरिन् ।



३९ वर्षीया मिथाली समग्रमा भने ६ वटा विश्वकप खेल्ने तेस्रो खेलाडी हुन् । यसअघि पुरुषतर्फ पाकिस्तानका जावेद मियादाद ६ विश्वकप खेल्ने पहिलो तथा भारतका तेन्दुलकर दोस्रो खेलाडी बनेका थिए ।



मिथालीले पाकिस्तानविरुद्ध आइतबार केवल ९ रन मात्र बनाउन सकिन् । उनी ४ विश्वकपमा कप्तानी गर्ने दोस्रो खेलाडी समेत बनेकी छन् ।
यसअघि अष्ट्रेलियाकी बेलिन्डा क्लार्कले चार विश्वकपमा कप्तानी गरेकी थिइन् । त्यस्तै, २० वर्षसम्म विश्वकप खेल्ने मिथाली पहिलो खेलाडी बनेकी छन् ।