आईपीएल मेघा अक्शन : १० खेलाडीले पाए १० करोड

बैंगलोरमा शनिबार भएको दिनको पहिलो अक्शनमा ७४ खेलाडी लिलामि भएका छन्। पहिलो दिन सर्वाधिक महँगो मुल्यमा बाँया हाते विकेटकिपर ब्याट्सम्यान इशान किशन विकेका छन्।



उनलाइ १५.२५ करोड भारतीय रुपैंयामा मुम्बई इन्डियन्सले खरिद गरेको छ। त्यस्तै अनक्याप्ड खेलाडीमा पनि ठुलो मात्रामा धन वर्षा भएको छ। अलराउन्डर शाहरुख खान तथा राहुल तेवतियाले ९-९ करोड प्राप्ता गरे जबकी यिनिहरुको बेस प्राइस ४० लाख रहेको थियो।



१० खेलाडीलाई १० करोड भन्दा बढी मुल्यमा खरिद गरियो। जसमा ७ भारतीय खेलाडी सहभागि छन्। त्यस्तै लिस्टमा अनक्याप्ड खेलाडीमा आवेश खानलाई १० करोडमा लखनउले खरिद गरेको थियो।



शनिबार भएको लिलामिमा १० फ्रेन्चाइजसँग कुल ५६३.५० करोड रकम रहेको थियो। जहाँ ६०० खेलाडीमा बोलि लगाउनु पर्ने थियो। जसमा ९७ खेलाडीमा बोली लगाउँदा ७४ जना बिकेका छन्। १० टीमसँग अब १७३.४० करोड बाँकी छ। अब आइतबार पनि यो अक्शन जारी रहने छ।
कसले कति रकम पाए ?
आवेश खान १० करोड (लखनउ), राहुल तेबतिया ९ करोड (गुजरात), शाहरुख खान ९ करोड (पञ्जाव),युजवेन्द्र चहल ६.५ करोड (राजस्थान),मुस्ताफिजुर रहमान २ करोड (दिल्ली),शार्दुल ठाकुर १०.७५ करोड (दिल्ली), भुवनेश्वर कुमार ४.२० करोड (हैदराबाद), लक्की फर्गुसन १० करोड (गुजरात), प्रसिद्ध कृष्ण १० करोड (राजस्थान), दीपक चाहर १४ करोड (चेन्नइ), इशान किशन १५.२५ करोड (मुम्बई), निकोलस पुरन १०.७५ करोड (हैदराबाद), जेसन होल्डर ८.७५ करोड (लखनउ),श्रेयस अय्यर १२.२५ करोड (कोलकाता), डेभिड वार्नर ६.२५ करोड (दिल्ली), क्विन्टन डिकक ६.७५ करोड (लखनउ) लगायत रहेका छन्।
पहिलो दिन पुर्व बंगलादेशी कप्तान शकिब अल हसन पहिलो चरणमा अनसोल्ड गएका छन्। उनले बेस प्राइस २ करोड राखेका थिए। त्यस्तै सुरेश रैनापनि २ करोड बेस प्राइस राखेपनि अनसोल्ड गए। त्यस्तै स्टिव स्मिथ पनि २ करोड बेस प्राइसमा थिए। उनी पनि अनसोल्ड गए।