नेपाल आज युएईसँग खेल्ने

चारदेशीय टी-२० ऋंखला अन्तर्गत दोस्रो खेलमा नेपालले शनिबार ९आज० युएईसँग प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेर आत्माविश्वासी बनेको नेपाल लगातार दोस्रो खेलमा जितको खोजिमा हुने छ।



अल अमरेट क्रिकेट मैदानमा बिहान ११:४५ मा हुने नेपाल र युएईबीचको खेल सुरु हुँदै छ। नेपाल युएईलाई हराउँदै सिरिजमा आफ्नो रवाफ प्रस्तुत गर्ने प्रयासमा हुने छ।



युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एकमा हार व्यहोरेको छ। नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ। आईसीसी पुरुष टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाल अस्ट्रेलिया विश्वकप छनोट हुने विश्वासमा रहेको छ।



ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। आठ टीमलाई पनि दुई समुहमा विभाजन गरिएको स्पर्धामा नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्ने छ।
दुबै समुहका शिर्ष २(२ टीमले सेमिफाइनल खेल्ने छन्। फाइनलमा पुग्ने दुई टीम विश्वकपमा छनोट हुने छन्। टी(२० विश्वकप यसै वर्ष अष्ट्रेलियामा १६ अक्टोबर देखी १३ नोभेम्बर सम्म हुने छ।