खेल संसार

पुरुष भलिबल : दोस्रो चरणका लागि १६ खेलाडी छनोट

बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघ (एनभिए) ले दोस्रो चरणका लागि १६ खेलाडी छनोट गरेको छ ।

मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । पहिलो चरणका छनोटबाट चार खेलाडी बाहिरिएका छन् । जसमा झमन सिंह दर्जी, दिल बहादुर सुनार, विजय थापा र दुर्गा महतो १६ भित्र पर्न असफल भए ।

भलिबल च्याम्पियनसिप आगामी २१-२९ डिसेम्बरसम्म सञ्चालन हुँदैछ । संघले अन्तिम १२ सदस्यीय टोली घोषणा अर्को साता हुने जनाएको छ ।

१६ सदस्यीय टोलीमा इमबहादुर राना, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, दीपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रवीन चन्द, विनोद चन्द र ईश्वर थापा रहेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button