खेल संसार

ए डिभिजन लिग : थ्रीस्टारको पहिलो हार

त्रिपुरेश्वरस्थित दशरथ रंगशमालामा शुक्रबार भएको खेलमा थ्रीस्टार अर्को ललितपुरे क्लब सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको हो ।लिगको पहिलो खेलमा फ्रेण्डस् क्लबसँग अंक बाढेको सातदोबाटोको यो पहिलो जित हो । शुक्रबारको खेलपछि सातदोबाटो ४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोको जितमा सुदीप गुरुङले २९औँ मिनेटमा निर्णायक गोल गरेका थिए । मार्टिन्स अजयीको पासमा सुदीपले डिबक्स नजिकबाट बललाई पोष्टको दिशा दिएका हुन् ।

दोस्रो हाफमा केही आक्रामक बनेको थ्रीस्टारले अवसर बुनेपनि गोलमा परिणत गर्न नसक्दा हार भोग्न बाध्य भयो । सातदोबाटोले पनि केही अवसर खेर फालेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button