खेल संसार
म्यान्चेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–० ले हराएको छ ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन राहिम स्टर्लिङ, रोड्री र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।


जितसँगै सिटीले १२ खेलबाट २६ अंक जोडेको छ । सिटी लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । एभर्टन १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिड्स युनाइटेडलाई २÷१ ले हराएको छ । इटालीयन प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा टोटनह्यामको यो पहिलो जित हो ।