खेल संसार

कतार विश्वकप २०२२ मा पुग्यो विश्व नम्बर वान बेल्जियम

फिफा विश्व वरियताको एक नम्बरमा रहेको बेल्जियमले अर्को वर्ष हुने कतार विश्वकपमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले इस्टोनियालाई ३–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो।

बेल्जियमलाई विश्वकपमा पुर्‍याउन क्रिस्टियन बेन्टेक, फेरेइरा करास्को र थोरगन हजार्डले गोल गरेका थिए। बेन्टेकले खेलका पहिलो हाफमा गोल गर्दै बेल्जियमलार्य अग्रता दिलाएका थिए।

यता दोस्रो हाफको बेल्जियमले  दुई गोल थप्यो। इस्टोनियाका तर्फबाट ७०औं मिनेटमा एरिक सोर्गले गोल फर्काएका थिए। यससँगै  समूह ईको शीर्षस्थानमा रहेको बेल्जियमले ७ खेलबाट१९ अंक जोड्दै शीर्षस्थानमा रहेर विश्वकपको यात्रा तय गरेको हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button