खेल संसार

रोनाल्डोले छाडेपछि सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको पहिलो जित

Thrill Factory
Rungta Group

काठमाडौँ- फरवार्ड क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोलले हराउँदै युभेन्ट्सले पहिलो जित निकालेको हो ।

युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले एक एक गोल गरे ।

स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले एक एक गोल गरे ।

जितसँगै ५ खेलमा ५ अंक जोडेको  युभेन्ट्स १२औँ स्थानमा छ । स्पेजिया ४ अंकसहित १६औँ स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button