खेल संसार
मेसीले तोडे पेलेको कीर्तिमान

काठमाडौं -अर्जेन्टाइन कप्तान लिओनल मेसीले ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका हुन् ।


मेसीले बोलिभिया विरुद्ध ह्याट्रिकपछि अन्तर्राष्ट्रिय गोल संख्या ७९ पुर्याएका छन् । त्यसका लागि उनले १५३ खेल खेलेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले १११ गोल गरेका छन् ।