खेल संसार

टी-ट्वान्टी विश्वकपका लागि कोहलीको कप्तानीमा भारतीय टिम घोषणा

Thrill Factory
Rungta Group

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि विराट कोहलीको कप्तानीमा भारतले टिम घोषणा गरेको छ ।

युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताका लागि बुधबार भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो ।

टिममा रोहित शर्मा उपकप्तान रहेका छन् । यस्तै केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामी टिममा समेटिएका छन् ।

कोरोना महामारीले भारतबाट सरेको विश्वकप टी-ट्वान्टी क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुदैछ । भारतले विश्वकपको पहिलो खेलमा अक्टोबर २४ मा पाकिस्तानसँग खेल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button