खेल संसार

न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी

Thrill Factory
Rungta Group

काठमाडौ- पाहुना टोली न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी भएको छ ।

ढाकामा शुक्रबार भएको खेलमा बंगलादेशले न्युजिल्याण्डलाई ४ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका कप्तान टम लाथमले अविजित रहदै ६५ रन जोडे । यस्तै विल योङले २२ रन बनाए । बंगलादेशका महेदी हसन र शकिब अल हसनले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

बंगलादेशका मोहमद नाइमले ३९ रन जोड्दा कप्तान ममुदुल्लाह अविजित ३७ रन बनाए । लिटोन दासले ३३ रन जोडे ।  न्युजिल्याण्डका रचिन रवीन्द्रले ३ विकेट लिए ।

जितसँगै बंगलादेशले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button