खेल संसार

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको पहिलो जित

Thrill Factory
Rungta Group

काठमाडौं-जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पहिलो जित निकालेको छ ।

आइतबार राति एफसी कोल्नलाई ३-२ गोलले पराजित गर्दै बायर्नले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सर्जी जिनाब्रीले दुई गोल गरे । रोबर्ट लेवान्डोस्कीले एक गोल थपे । कोल्नका एन्थोनी मोडेस्टे र मार्क उथले एक एक गोल फर्काए ।

जितसँगै बायर्नले २ खेलमा ४ अंक जोडेको छ । कोल्नले २ खेलमा ३ अंक जोडेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button