खेल संसार

ब्राजिल टोकियो ओलम्पिकको सेमिफाइनलमा

काठमाडौं-ब्राजिलको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १-० गोलले हराउँदै  ब्राजिल सेमिफाइनलमा पुगेको हो ।

ब्राजिलको जितमा माथिएस कुन्हाले ३७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले रिचार्लिसनको पासमा गोल गरेका थिए ।

सेमिफाइनलमा अब ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । मेक्सिको दक्षिण कोरियालाई ६-३ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button