खेल संसार

टी-२० मा भारतविरुद्ध श्रीलंकाको जीत

काठमाडौं -भारतलाई पराजित गर्दै श्रीलंकाले तीन खेलको टी-२० सिरिज जितेको छ ।

Patanjali Nepal
SweetMart Nepal

गएराति भएको तेस्रो तथा अन्तिम टी-२० खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेर घरेलु टोली श्रीलंकाले सिरिज २-१ ले जितेको हो ।

भारतले दिएको ८२ रनको सामान्य लक्ष्य पछाएको श्रीलंकाले १४-३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

श्रीलंकाका लागि धनन्जय डा शिल्भाले अविजित रहँदै सर्वाधिक २३ रन बनाए । भारतका लागि राहुल चाहरले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन मात्र बनाएको थियो ।

भारतका लागि कुलदिप यादवले अविजित रहँदै २३ रन बनाए । भारतलाई कम स्कोरमा रोक्न श्रीलंकाका वानिन्दु हसारांगाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए ।

भारतका मुख्य खेलाडीहरु टेष्ट क्रिकेटमा व्यस्त रहेकाले शिखर धवनको कप्तानीमा भारतले श्रीलंका टुर गरेको हो । भारतले यसअघि ओडिआई सिरिज २-१ ले जितेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button