खेल संसार

युरो २०२५ को ‘ड्र’ सार्वजनिक

स्वीट्जरल्याण्डमा अर्को वर्ष हुने युरो २०२५ को समूह विभाजन भएको छ। सार्वजनिक ड्रमा फ्रान्स र नेदरल्यान्ड्स रहेको समूहमा इङ्गल्यान्ड र वेल्स परेका छन्।

सोमबार सार्वजनिक भएको ड्रको समूह ‘ए’मा स्वीट्जरल्याण्ड, नर्वे, आयसल्यान्ड र फिनल्यान्ड छन्। यसैगरी समूह ‘बी’मा स्पेन, पोर्चुगल, बेल्जियम र इटाली छन्।

समूह ‘सी’मा जर्मनी, पोल्यान्ड, डेनमार्क र स्विडेन छन्। समूह ‘डी’मा फ्रान्स, इङ्गल्यान्ड, वेल्स र नेदरल्यानड्स छन्।

इङ्गल्यान्डकी प्रशिक्षक वेगनले समूह ‘डी’का खेल अत्यन्त रोचक हुने प्रतिक्रिया दिएकी छिन्। सन् २०२२ यता विश्व फुटबलमा धेरै परिवर्तन आइसकेको उनको मत छ।

युरो कपको समूह चरणको पहिलो खेल २ देखि ५ जुलाईको बीचमा हुनेछ। समूह चरणको दोस्रो खेल ६ देखि ९ जुलाइका बीचमा हुनेछ। समूह चरणको तेस्रो खेल १० देखि १३ जुलाइका बीचमा हुनेछ।

क्वार्टर फाइनल १६ देखि १९ मा हुनेछ। सेमिफाइनल २२ र २३ जुलाइमा हुनेछ उपाधिको टुङ्गो २७ जुलाई मा हुनेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button