खेल संसार

बराबरीमा रोकियो आर्सनल

इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा आर्सनल र फुलहामले एकएकको बराबरी गरेका छन्।

केनी टेटीले दिएको पासलाई उपयोग गर्दै राउल जिमिनेजले फुलहामलाई अग्रता दिलाएका थिए। सो गोल उनको यस सिजनको छैटौँ गोल हो।

दोस्रो हाफको छैटौँ मिनेटमा कर्नर किकको उपयोग गर्दै विलियम सालिबाले आर्सनलका लागि बराबरी गोल गरेका हुन्।

प्रमियरसिपका अन्य खेलमा बोर्नमाउथले इप्सविच टाउनलाई २–१ ले हरायो। यसैगरी ब्रिङटन र लिसेस्टर बिचको खेलमा २–२ गोलको बराबरी भयो। चेल्सीले टोटनहाम हस्टस्पर्ससँगको खेलमा ४–३ को सफलता पायो।

अङ्क तालिकामा १४ खेल मात्र खेलेको लिभरपुल ३५ अङ्कसहित पहिलो स्थानमा छ भने १५ खेल खेलेको चेल्सी ३१ अङ्कसहित दोस्रो तथा २९ अङ्कसहित आर्सनल तेस्रो स्थानमा छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button