खेल संसार

इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित

इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड कमजोर साबित भएको छ। इङ्गल्यान्डले पहिलो पारीमा २८० रन बनाएको थियो। जवाफमा उत्रिएको न्युजिल्यान्ड १२५ सीमित भएको हो।

न्युजिल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा गस एटकिन्सन र ब्रायडन कर्सले समान चारचार विकेट लिए। कर्सले १० ओभरमा ४६ रन दिँदा अटकिन्सनले ८.५ ओभरमा ३१ रन खर्चिए।

न्युजिल्यान्डका केन विलिम्सनले ३७ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले २० रन कटाउन सकेनन्। इङ्गल्यान्डका क्रिस ओक्स र बेन स्टोक्सले बाँकी एकएक विकेट लिए।

टेस्टको पहिलो पारीमा हेरी ब्रुकले सानदार ब्याटिङ गरेका थिए। उनले ११५ बलमा १२३ रन जोडे। ओलिप पोपले ७८ बलमा ६६ रन प्रहार गरे। इङ्गल्यान्डले ४ विकेट ४३ रनमै गुमाएको थियो। उसका लागि ब्रुक र पोपले १७४ रनको साझेदारी गरेका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button