खेल संसार

प्रभावशाली जित निकाल्दै प्रिमियर सिपमा आर्सनलको पुनरागमन

इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले प्रभावशाली प्रदर्शन गर्दै नटिङघम फरेस्टलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितले आर्सनललाई पछिल्ला पाँच खेलमा पहिलो सफलता दिलाएको हो।

खेलको १५ औँ मिनेटमा मार्टिन ओडेगार्डको पासमा बोकायाका साकोले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थोमस पार्टीले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए। एथेन नानरीले तेस्रो गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे।

यो जितसँगै आर्सनल प्रिमियर सिपको अंक तालिकामा २२ अंकसहित चौंथो स्थानमा पुगेको छ। समान २२ अंकसहित ब्रिङटन पाँचौँ स्थानमा छ। शीर्ष स्थानमा रहेको लिभरपुलले ११ खेलमा २८ अंक जोडेको छ।

शनिबार रातिका अन्य खेलहरूमा ब्रिङटनले बोर्नमाउथलाई २-१ ले पराजित गर्‍यो भने अस्टन भिल्ला र क्रिस्टल प्यालेसबीचको खेल २-२ गोलको बराबरीमा सकियो। एभरटन र ब्रेन्टफोर्डको खेल गोलरहित बराबरीमा टुंगिँदा उल्भ्सले फुलहामलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button