खेल संसार

आर्चर आइपिएल सूचीमा, अक्सनमा सहभागी हुने

पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमामा समावेश नभएका इङ्गल्यान्डका जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा सहभागी हुने भएका छन्।

गत साता सार्वजनिक गरिएको ५७४ जनाको सूचीमा नअटाएका आर्चरको नाम अहिले भने सूचीमा छ। आइपिएलको मेघा अक्सन आइतबार र सोमबार साउदी अरेबियाको जेदाहमा हुनेछ। सन् २०२० देखि उनी चोटसँग सङ्घर्ष गरिरहेका थिए।

गत वर्ष कुहिनाको चोट बोकेका उनी पछिल्लो केही समयदेखि खेलमा सक्रिय छन्। चार वर्ष टाढा रहेका उनी गएको मेदेखि टेस्ट खेलमा सहभागी भएका हुन्।
उनका लागि यो आइपिएल धेरै अर्थमा महत्त्वपूर्ण रहन सक्छ। आइपिएलमा फर्किएर इङ्गल्यान्डका छनोटकर्तालाई प्रभावमा पार्न सक्छन्। चोट अगाडि आर्चर प्रिमियर पेस बलरको संसारमा परिचय बनाउन सफल भएका थिए।

आइपिएलको अक्सनमा इङ्गल्यान्डका ३८ खेलाडी सहभागी भएका छन्। सीमित ओभरका कप्तान जोस बटलर तथा ४२ वर्षीय जेम्स एन्डरसन पनि सूचीमा छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button