खेल संसार

टी–२० सिरिज : आज नेपाल र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा

टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

यि दुई टोली पहिलो पटक एक अर्कासँग भिड्न लागेका हुन् । सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

त्यसपछि भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी–२० खेल खेल्ने छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग सिरिज खेल्न लागेको हो।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button