खेल संसार

वेस्ट इन्डिडविरुद्धको टेस्टमा भारतको दबदबा

टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजको पहिलो इनिङ्स कमजोर भयो। उसले ४४ ओभर १ बल खेल्दा सबै विकेट गुमाएर मात्र १६२ रन बनाउन सक्यो।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतका मोहम्मद सिराजले चार विकेट हात पार्दा जसप्रित बुमराहले तीन विकेट लिए भने कुलदीप यादवले दुई विकेट हात पारे। वासिङ्टन सुन्दरको नाममा एक विकेट रहयो।

पहिलो दिन नै जवाफी ब्याटिङ गरेको भारतले दुई विकेटको समाप्तिमा १२१ रन बनाएको थियो। दोस्रो दिन भारतले वेस्ट इन्डिजविरुद्ध सानदार ब्याटिङ गरेको छ। उसका तीन ब्याट्सम्यानले शतक प्रहार गरेका छन्।

केएल राहुलले १९७ रनको सामना गर्दै १०० सन बनाउँदा १२ चौका प्रहार गरे। ध्रुब जुरेलले २१० बलको सामना गर्दा १४ चौका र तीन छक्काको मद्दतमा १२५ रन बनाएका छन्।

रविन्द्र जडेजाले भने नटआउट १०४ रन बनाउँदा कप्तान शुभमन गिलले अर्धशतक प्रहार गरेका छन्। दोस्रो दिनको खेल सकिँदा १२८ ओभर खेलेको भारतले पाँच विकेटको क्षतिमा ४४८ रन बनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button