खेल संसार
एसिया कपमा आज राति भारत–पाकिस्तान आमनेसामने

एसिया कप क्रिकेटमा आज समूह ‘ए’को बहुप्रतिक्षित खेलमा भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। यो रोमाञ्चक भिडन्त आइतबार राति ८:१५ बजे संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु हुनेछ।



समूह चरणमा एक–एक खेल जित्दै भारत र पाकिस्तान दुवै टोली दुई–दुई अंकसहित शीर्ष स्थानका दावेदार बनेका छन्। रनरेटका आधारमा भारत पहिलो स्थानमा रहँदा पाकिस्तान दोस्रो स्थानमा छ।



भारतले आफ्नो पहिलो खेलमा यूएईलाई ९ विकेटले हराउँदै बलियो प्रदर्शन गरेको थियो। पाकिस्तानले भने ओमानमाथि ९३ रनको फराकिलो जित निकालेको छ।



यस संस्करणको एसिया कपमा दुई समूहमा विभाजित आठ टोली सहभागी छन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ प्रतिस्पर्धामा छन्।