खेल संसार

करुण नैरको अर्धशतकले भारतलाई संकटबाट उकास्ने संकेत

करुण नैरको संयमित अर्धशतक र वासिङ्टन सुन्दरको साथमा सातौँ विकेटका लागि भएको साझेदारीले इंग्ल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा भारतलाई मध्यम स्कोरतर्फ लैजाने सम्भावना देखिएको छ।

पहिलो इनिङको दोस्रो दिनको खेल सकिँदा भारतले ६ विकेट गुमाएर १५३ रन बनाएको छ। संकटपूर्ण अवस्थामा ब्याटिङमा आएका करुण नैरले जिम्मेवार प्रदर्शन गर्दै अविजित ५२ रन जोडेका छन् भने वासिङ्टन सुन्दर १९ रनमा क्रिजमा छन्। यी दुई ब्याटरले सातौँ विकेटका लागि अहिलेसम्म ५१ रनको महत्वपूर्ण साझेदारी गरेका छन्।

भारतको सुरुआत भने अत्यन्त कमजोर रह्यो। ओपनर यशस्वी जैसवाल केवल २ रनमै आउट भए भने केएल राहुलले १४ रन मात्र बनाए। शाही सुदर्शनले १०८ बल खेले पनि ३८ रनमा सीमित रहँदा कप्तान शुभमन गिल ३५ बलमा २१ रन बनाएर रन आउट भए।

मध्यमक्रममा ध्रुव जुरेलले १९ रनको योगदान दिए भने रविन्द्र जडेजा ९ रनमै पेभिलियन फर्किए। इंग्ल्यान्डका जोस एटकिन्सन र जोस टङ्गले समान २–२ विकेट लिएर भारतको शीर्ष र मध्यमक्रममा चोट पुर्‍याए।

दोस्रो दिन शुक्रबार भारतले करुण नैर (५२) र वासिङ्टन सुन्दर (१९ ) बाट खेल अघि बढाउनेछ। यो जोडीले दीर्घ साझेदारी गर्न सके भारत सम्मानजनक स्कोरमा पुग्ने सम्भावना बलियो हुनेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button