खेल संसार

बुमराहले पाँचौँ टेस्ट नखेल्ने

एन्डरसन तेन्दुलकर ट्रफी अन्तरगत बिहीबार ओभलमा सुरु हुने पाँचौँ टेस्टमा भारतले स्टार बलर जसप्रित बुमराहलाई आराम दिने भएको छ।

मेडिकल टिमले उनमा ढाडको समस्या भएकाले थप आराम आवश्यक भएको भन्दै पाँचौँ टेस्टमा आराम गर्ने सल्लाह दिएको हो।

गत वर्षदेखि नै ढाडको समस्याले सताइएका उनले यो शृङ्खलामा तीन खेल मात्र खेल्ने पक्का भएको तथा अन्य दुई खेल अनिश्चित भएको भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ।

यसअघि चार मध्ये दोस्रो टेस्टमा पनि बुमराहलाई आराम दिइएको थियो। सो खेलमा भारतले सफलता पाएको थियो।

बुमराह यस सिरिजमा मोहम्मद सिराजसँगै धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। यी दुवैले १४ विकेट लिएका छन्। भारतीय प्रशिक्षक गम्भीरले दुई दिन अघि बुमराहले पाँचौँ टेस्ट खेल्ने बताएका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button