खेल संसार

गिलको शतकमा भारतको शानदार पुनरागमन, इंग्ल्यान्डसँगको चौथो टेस्ट बराबरी

कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकको मद्दतले भारतले इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट खेल बराबरी गर्न सफल भएको छ। पहिलो पारीमा ३११ रनले पछि परेको भारतले दोस्रो पारीमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै चार विकेटको क्षतिमा ४२५ रन बनायो।

भारतका लागि गिलसँगै वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले पनि शतक प्रहार गरे। दोस्रो पारीमा भारतले पाँचौं दिनको खेलमा जम्मा दुई विकेट मात्र गुमाउँदै उत्कृष्ट पुनरागमन गर्‍यो।

तेस्रो विकेटका लागि गिल र केएल राहुलले १८८ रनको साझेदारी गरे। त्यसपछि वासिङ्टन सुन्दर र जडेजाले अन्तिम क्षणसम्म ब्याटिङ गर्दै अविजित २०३ रनको साझेदारी गरेका थिए।

पहिलो पारीमा भारतले ३५८ रन बनाएको थियो भने इंग्ल्यान्डले ६६९ रनको विशाल योगफल खडा गरेको थियो। दोस्रो पारीको सुरुआतमै भारतले विना रनमै दुई विकेट गुमाएर दबाबमा परेको थियो। तर त्यसपछि राहुलले ९०, गिलले १०३, सुन्दरले १०१ र जडेजाले १०७ रन बनाउँदै टिमलाई संकटबाट उकासे।

एउटै टेस्ट शृङ्खलामा कप्तानको रूपमा चार शतक प्रहार गर्ने गिल तेस्रो ब्याट्सम्यान बनेका छन्। पहिलो पारीमा आठौँ क्रममा ब्याटिङ गरेका सुन्दर दोस्रो पारीमा पाँचौँ स्थानमा उक्लिएका थिए र जिम्मेवारीपूर्ण पारी खेलेका थिए।

यो प्रदर्शनसँगै भारतले शृङ्खला बराबरी गर्न सफल भएको छ र कप्तान गिलको नेतृत्व क्षमताको पनि उच्च प्रशंसा भइरहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button