खेल संसार

क्लब विश्वकप फुटबल : रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर मिलान प्रतियोगिताको दोस्रो चरणमा

तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर मिलान क्लब विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।

समूह ‘ई’को बिहीबार राति भएको खेलमा इन्टरले सफलता पाउँदै ७ अङ्क जोडेको हो। सोही समूहको अर्को खेलमा मोन्टेरीले उरुवा रेडलाई ४-० ले हरायो। मोन्टेरी अङ्कसहित समूहमा भयो।

दोस्रो चरणमा इन्टर मिलानले फ्लुमेनेसी तथा मोन्टेरीले बोरुसिया डर्टमन्डसँग खेल्ने छन्।

सिटलमा सहन कठिन रहेको गर्मीमा बिहीबार भएको खेलमा इन्टरका लागि दोस्रो हाफमा इस्फोसाइटले गोल गरे। इन्जुरी समयमा बास्टोनीले गोल गरे।

बारम्बार तनाव भएको सो खेलमा मार्टिनेज क्वाटारा र गोन्जाले मोन्टियलले रातो कार्ड पाए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button