खेल संसार

फिफा क्लब विश्वकप: पिएसजीको शानदार प्रदर्शन, एट्लेटिको म्याड्रिड ४–० ले पराजित

फिफा क्लब विश्वकपको समूह ‘बी’ अन्तर्गत आइतबार सम्पन्न खेलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ।

खेलको १९ औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको अन्त्यतिर भिटिन्हाले शानदार गोल गरेपछि फ्रेन्च च्याम्पियनले २–० को बढत बनायो।

दोस्रो हाफमा एट्लेटिको म्याड्रिड अझै दबाबमा देखिएको थियो। खेलको ७८ औँ मिनेटमा क्लेमेन्ट लेगमेन्टले रातो कार्ड पाएपछि एट्लेटिकोलाई थप धक्का लागेको थियो। संख्यात्मक रूपमा कमजोर बनेको एट्लेटिकोलाई पिएसजीले त्यसपछि पूर्णरूपमा दबाबमा राख्यो।

८७ औँ मिनेटमा सेनी मायुलुले तेस्रो गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे। इन्जुरी समयको अन्तिम क्षणमा ली काङ यिनले पेनाल्टीमार्फत चौथो गोल गरेपछि पिएसजीले ४–० को सानदार जित दर्ता गर्‍यो।

यो जितसँगै पिएसजीले समूह ‘बी’ मा बलियो उपस्थित जनाउँदै सेमिफाइनल यात्रा सुनिश्चित गर्ने संकेत दिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button