खेल संसार

लामिन यामलले बार्सिलोनासँग थप ६ वर्षको नयाँ सम्झौतामा हस्ताक्षर

स्पेनका उदाउँदा स्टार फुटबल खेलाडी लामिन यामलले स्पेनिस क्लब एफसी बार्सिलोनासँग आफ्नो सम्झौता सन् २०३१ सम्मका लागि लम्ब्याएका छन्।

१७ वर्षीय विङ्गर यामलको वर्तमान सम्झौता सन् २०२६ मा सकिन लागेको थियो। मंगलबार क्लब अध्यक्ष हुँवा लापोर्टा र फुटबल निर्देशक डेकोको उपस्थितिमा उनले नयाँ सम्झौतामा हस्ताक्षर गरे।

सन् २०२३ मा मात्र १५ वर्षको उमेरमा बार्सिलोनाबाट आफ्नो पहिलो खेल खेलेका यामलले हालसम्म ११५ खेलमा २५ गोल गरेका छन्। उनी क्लबको इतिहासमा ला लिगा, कोपा डेल रे तथा स्पेनिस सुपर कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन्।

बार्सिलोनाका लागि १०० खेल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बन्न सफल यामलले स्पेनको राष्ट्रिय टोलीबाट १९ खेल खेलिसकेका छन्। यामलको टोलीले सन् २०२४ को युरो कपको फाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेको थियो।

पछिल्लो साता मात्र बार्सिलोनाले मुख्य प्रशिक्षक हान्सी फ्लिक र ब्राजिलियन खेलाडी राफिन्हासँग पनि सम्झौता लम्ब्याइसकेको छ। फ्लिकको प्रशिक्षणमा यामलले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितिसकेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button