खेल संसार

दिल्ली क्यापिटल्सलाई ठूलो झट्का, म्याक गुरुकले गरे आईपीएल छाड्ने निर्णय

भारत र पाकिस्तानबीचको सीमामा भएको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अब युद्धविरामसँगै आगामी १७ मेदेखि पुनः सुरु हुने भएको छ। यसबीच दिल्ली क्यापिटल्सका अष्ट्रेलियन ब्याट्सम्यान ज्याक फ्रेजर म्याक गुरुकले बाँकी खेलहरूमा सहभागिता नजनाउने निर्णय गरेका छन्।

दिल्ली क्यापिटल्सले म्याक गुरुकको निर्णयबारे आधिकारिक जानकारी दिँदै उनले बाँकी खेल नखेल्ने बताइसकेको जनाएको छ। दिल्लीले म्याक गुरुकको स्थानमा बंगलादेशका स्टार सिम बलर मुस्ताफिजुर रहमानलाई टोलीमा भित्र्याएको छ। मुस्ताफिजुर यसअघि सन् २०२२ र २०२३ का सिजनहरूमा पनि दिल्लीमै आबद्ध थिए।

आईपीएल २०२४ मा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेका म्याक गुरुकले यस सिजनका सुरुवाती ६ खेलमा ५ पटक मात्र ब्याटिङ गरेका थिए, जहाँ उनी दोहोरो अंकमा समेत पुग्न सकेनन्। कुल ६ पारीमा ५५ रन बनाएका उनले त्यसपछि बेन्चमै बस्नुपरेको थियो।

दिल्ली क्यापिटल्स हाल अन्य विदेशी खेलाडीहरूको उपस्थितिको पर्खाइमा छ। फ्रेन्चाइजले अझै अष्ट्रेलियन बलर माइकल नेसर, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र ट्रिस्टियन स्टब्सबाट जवाफको प्रतीक्षा गरिरहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button