खेल संसार

च्याम्पियन्स लिग : बार्सिलोना र मिलान बराबरीमा रोकिए

दुई गोलले पछि परेको बार्सिलोना खेलमा फर्कँदै इन्टर मिलानसँगको च्याम्पियन्स लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा ३-३ गोलको बराबरी गर्न सफल भएको छ।

बार्सिलोनाको मैदानमा भएको खेलको ३० औँ सेकेन्डमा मार्कोस थुरामले डानियल डुमफ्रेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

डच खेलाडी मुम्फ्रेजले २० औँ मिनेटमा एक्रोबायटिक भली मार्फत गोल गरेका थिए। खेलमा बार्सिलोनालाई फर्काउने क्रममा लामिन यमालले सानदार प्रदर्शन गरे। २४ औँ मिनेटमा उनले रक्षकलाई कटाउँदै सानदार गोल गरे। उनको दुई प्रहार गोल पोस्टमा लागेको थियो।
१७ वर्षकै उमेरमा उनले क्लबका लागि सय खेल खेलिसकेका छन् भने ३३ एसिस्ट गरेका छन्। साथमा २२ गोल गरे। ३८ औँ मिनेटमा राफिन्हाको सहयोगमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल गरे।

६३ औँ मिनेटमा डुम्फ्राइजले अर्को गोल गरे। त्यसको दुई मिनेटपछि याया सोमरले राफिन्हाको क्रस रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरे।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button