तीनकुने हिंसात्मक प्रदर्शनपछिको दुई साता : लोकतन्त्रको परीक्षामा मुलुक

राजसंस्था पुनस्र्थापनाको लागि भन्दै काठमाडौंको तीनकुनेमा एकजना सञ्चारकर्मीसहित दुईजनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनको दुई साता बितिसकेको छ । लोकतन्त्रमा जुनसुकै विचार र वाद बोक्न पाइन्छ, यो लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो । हिजो ३० वर्षे पञ्चायती निर्दलीय प्रजातन्त्रमा यही कुराको अभाव थियो, त्यसैले २०४६ सालमा बहुदलीय प्रजातन्त्र आयो ।



समयान्तरमा संवैधानिक राजतन्त्रले प्रजातन्त्रमाथि अनेक किसिमले धावा बोल्न थालेपछि २०६५ जेठ १५ यता देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्यो । संविधानसभाबाट जुन व्यवस्थालाई निरङ्कुशताको अवशेष भन्दै सधैंका लागि उखेलेर फालियो आज डेढ दशक नबित्दै त्यही व्यवस्था पुनस्र्थापनाको लागि सडकमा प्रदर्शन भइराखेको छ, यो पनि लोकतन्त्रकै देन हो ।



निरङ्कुशतामा यो छूट सम्भव हु“दैन ।हामीले विश्व राजनीतिमा व्यवस्था परिवर्तनका औसत अभ्यास र इतिहास हे¥यौं भने स्पष्ट बुझ्न सकिन्छ, त्यतिबेलाका शासक कि विद्रोहीबाट मारिएका छन् वा जेलमा हालिएका छन् । होइन भने देश छोडेर भागेका छन् । निकट उदाहरण हेरौं, इराकका सद्दाम हुसेन र लिबियाका मुअम्मर गद्दाफी मारिए ।



सन् २०११ मा सत्ताच्युत इजिप्टका शासक होस्नी मुबारकलाई ९ वर्षसम्म जेलमा हालियो, अन्नतः उनी बन्दी अवस्थामै सन् २०२० मा मरे । श्रीलड्ढा, अफगानिस्तान, ब·लादेशलगायत छिमेकी मुलुकका शासक देशै छोडेर भागेका घटना ताजै छन् । विश्व राजनीतिमा रक्तपात र प्रतिशोधपूर्ण सत्तापलटका उदाहरणको सूची लामै छ ।
हामीकहा“को लोकतन्त्रमात्रै यस्तो उदार लोकतन्त्रको उदाहरण हो । २००७ सालको राजनीतिक परिवर्तनले १०४ वर्षको निरङ्कुशताको अवशेषलाई प्रधानमन्त्रीको रूपमा स्वीकार गरेको थियो । २०१७ सालमा राजा महेन्द्रले निरङ्कुशता लाद्दै नेताहरूलाई जेल हाले, तर २०४६ सालको लोकतन्त्रले तिनै राजाका सन्तानलाई स्थान थियो ।
त्यति मात्र होइन, केही वर्षमैं सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दजस्ता पञ्चायतका आज्ञापालकहरू सत्ताको नेतृत्वमा पुग्न सम्भव भयो । लोकतन्त्रले दिएको संवैधानिक अधिकार दुरुपयोग गरेर राजा ज्ञानेन्द्र शाहले फेरि निरङ्कुशता चलाए । २०६२–६३ को आन्दोलनले ज्ञानेन्द्रलाई राजगद्दीबाटै हटायो, देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गयो ।
तर, ज्ञानेन्द्र शाहको आग्रहमा उनलाई देशमैं रहने अवस्था बनाइयो । आज तिनै ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन अराजक आन्दोलनको दृश्य देशले सामना गरिराखेको छ । यो लोकतन्त्रको उदारताकै कारण सम्भव भएको हो । यो खालको उदार लोकतन्त्र अन्यत्र कमै पाइन्छ । लोकतन्त्रमा मात्रै यो सम्भव छ, लोकतन्त्रको आवरणमा हुर्किएको निरङ्कुशतामा यो सम्भव हु“दैन । लोकतन्त्रको विकल्प निरङ्कुशतन्त्र बन्न सक्दैन ।
लोकतन्त्रमा गणतन्त्रवादी, लोकतन्त्रवादी, उदारवादी, अनुदारवादी, राजावादी सबै खालका वादी बन्न पाइन्छ, तर अराजकतावादी बन्ने छुट हु“दैन । आप्mनो विचार र अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरूको त्यस्तै अधिकारको सम्मान गरिएन र आप्mनो आग्रह अघि बढाउन अराजकतालाई टेको बनाइयो भने त्यो कानूनतः दण्डनीय हुन्छ, बन्नुपर्दछ ।
तीनकुने घटना यस्तै एउटा अराजकताको उदाहरण हो । राजावादी विचारको अराजक अवतरणमा दुईजनाको ज्यानमात्र गएन, थुप्रै निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो । सरकारले त्यो अराजक आन्दोलनका अगुवा दुर्गा प्रसाईं, धवल शमशेर, रवीन्द्र मिश्रसहित तोडफोड, आगजनी र लूटपाटमा संलग्न भएको आरोपमा १७० जनाभन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
बिर्सिन नहुने पक्ष के पनि छ भने तीनकुने घटनामा सरकारले अनावश्यक बल प्रयोग गरेकै कारण प्रदर्शनकारी अराजक बनेको भन्नेहरू पनि छन् । घटनाको छानबीनका लागि न्यायिक आयोग गठनको माग यसैकारण उठेको हो । यसको सम्बोधनमा सरकारको बेवास्ताले पनि यो कुरालाई बल पु¥याएको छ । सरकारी दोष ढाकछोप गरेर श्वेत आतड्ढलाई बढावा दिइन्छ भने त्यो लोकतान्त्रिक र विधिमा आधारित राज्यको मान्यताविपरीत हो ।
लोकतान्त्रिक गणतन्त्रको अभ्यास परिपक्व भइ नसक्दै बलियो आवरण (यी गतिविधिविरुद्ध गणतन्त्रवादी दलहरू एक ठाउ“मा उभिनेमा मुख्य दलका शीर्ष नेता सहमत भएकाले पनि राजतन्त्रवादी धारको प्रवाह बलियो मान्न सकिन्छ ।) मा देखा परेको राजतन्त्र फर्काउने अभियानको निदान घरपकड, मुद्दा र जेल हुन सक्दैन ।
दमन होइन, समाधान दीर्घकालीन निकास हो । यति चा“डै गणतन्त्रविरोधी माहोल किन बन्यो ? यसको मिहिन समीक्षा हुनुपर्दछ । गणतन्त्रमा सत्ता उपभोग गरिराखेका शीर्षस्थले बुझ्न नचाहेको सत्य यही हो । अहिले सतहमा देखिएको राजतन्त्रवादी आन्दोलन र परिवर्तनविरोधीहरूको ऊर्जा पनि त्यही हो ।
आपूmलाई गणतन्त्रको पहरेदार मान्नेहरूले बुझ्न र स्विकार्न नचाहेको सत्य के हो भने अहिले राजतन्त्रको पक्षमा देखिएको मत गणतन्त्रवादीहरूकै अक्षमताको कारण उत्पन्न भएको हो । नेतृत्वले देखाएका सपनामाथि सापेक्ष न्याय नहुनु, तर यसका सञ्चालकमा देखिएको भ्रष्टीकरण नै अहिले नागरिकमा देखिएको निराशा र व्यवस्थाप्रति वितृष्णाको कारण हो ।
यस तथ्यलाई अब पनि बेवास्ता गर्ने र आचरण नसुधार्ने हो भने नागरिक शासकीय मनपरी सहन बाध्य भइराख्छन् भन्ने हु“दैन । अहिले पनि मूलधारको राजनीति र त्यसका शीर्षस्थहरू आत्मालोचना गरी सच्चिन तयार छैनन् । पूर्वराजा र राजतन्त्रको पक्षमा उभिनेप्रति विषवमन गरेरमात्र व्यवस्था बलियो हु“दैन ।
नेतृत्वको नालायकी सि·ो राजनीतिक पद्धति र शासकीय व्यवस्थाकै निम्ति अफापसिद्ध हुन्छ । स्वार्थविपरीतका विचारलाई प्रतिगामीको जामा पहि¥याउने आत्मघाती मनोविज्ञान नेताहरूमा विस्तार भइराखेको छ । नागरिकका अपेक्षाहरूको लय बुझ्न नसक्ने र अति महŒवाकाङ्क्षाले व्यवस्था नै फालिएका उदाहरणहरूको कमी छैन ।
राजतन्त्र नै यसको गतिलो उदाहरण हो । राजतन्त्र इतिहास बन्नुमा सबैभन्दा बढी जिम्मेवार राजपरिवारमा हुर्किएको विचलन नै मुख्य थियो । दरबार जनताप्रति उत्तरदायी हुन सकेन । दरबारमा बढेको राजनीतिक महŒवाकाङ्क्षा, जालझेल, रक्तपातमा रुमलिनुको परिणाम हो, राजतन्त्रको विघटन ।
राजतन्त्रमा अस्वाभाविक महŒवाकाङ्क्षा नमौलाउ“दो हो त कुनै न कुनै रूपमा राजाको स्थान रहने थियो । पछिल्ला राजनीतिक घटनाक्रम हेर्दा औसत एक दशकको अन्तरालमा व्यवस्था परिवर्तनका परिदृश्य देख्न पाइएको छ । राजनीतिक व्यवस्था यति चा“डचा“डो अलोकप्रिय हुनु नेतृत्वको असफलताको प्रमाण हो ।
२००७ सालको क्रान्ति अघि शिक्षा र चेतनाको विस्तार उतिसारो थिएन । राज्यको दायित्वबारे नागरिक बेखबर थिए । राज्य सञ्चालकको निगाहमा बा“च्ने बानी बसेको थियो । राणा फाल्न १०४ वर्ष लाग्यो । त्यसको दशकमैं प्रजतान्त्र खोसियो । पञ्चायत ३० वर्षमा गयो । यो अन्तरालमा परिवर्तनका पटके प्रयास भए । २०३६ सालको जनमत सङ्ग्रहको दशकपछि बहुदल आयो ।
१० वर्षसम्म माओवादीले हिंसा चलायो । दरबार हत्याकाण्ड, राजाको प्रत्यक्ष शासन, दोस्रो जनान्दोलन, प्रतिनिधिसभा पुनस्र्थापन, राजतन्त्रको अवसान, संविधानसभामार्फत नया“ संविधान निर्माणजस्ता घटनाक्रममा धेरै समय लागेको छैन । चेतनाको विस्तारस“गै राजनीतिक परिवर्तनको रफ्तार पनि बढेको छ । फेरिन नसकेको त जनताको दुःख मात्र हो । गणतन्त्रको आवरणमा लुटतन्त्रमात्र मच्चाउनेहरूको राजनीति अवसान हुन पनि समय नलाग्न सक्छ । उखेलेर फालिएको राजतन्त्रको अवशेषलाई सत्तोसराप र धम्की दिएर गणतन्त्रवादीको दायित्व पूरा हु“दैन ।
एक समय प्रधानमन्त्री केपी ओली सत्ताको विरोध गर्नेलाई राजतन्त्रको मतियार ठान्थे । उनको बुझाइ अहिले पनि त्योभन्दा फरक छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि शेरबहादुर देउवा र उनी निकटहरूको आलिशान जीवनशैलीको परिदृश्यमा नागरिकले दैनिक गुजारा चलाउन भोगिराख्नुपरेको सास्ती, राज्यका हरेक तहतप्कामा मौलाएको भ्रष्टाचार, सुशासनको चरम अभाव नै अहिले मूलधारको राजनीतिप्रति झा“गिएको असन्तोषको कारण हो भन्ने हेक्का राजनीतिमा अझै पलाउन सकेको छैन ।
बालेन साह, हर्क साम्पाङ, गोपी हमाल र रवि लामिछानेहरूको उदय उनीहरू अब्बल भएर होइन, आपूmलाई समृद्धिको वाहक भन्नेहरूले नागरिकका आधारभूत अपेक्षा सम्बोधन गर्न नसक्दा र राज्यको स्रोत साधनमा रजाइ“ मच्चाउनुका कारण उत्पन्न आक्रोश प्रकट भएको मात्र हो । अहिले राजतन्त्रको पक्षमा प्रदर्शन किन भयो ? ज्ञानेन्द्र र उनका उत्तराधिकारी अब्बल भएर हो ? पक्कै होइन, अहिले सत्ता चलाइराखेकाहरू आम जनताको अपेक्षा सम्बोधन गर्न उदासीन हुनुको परिणाम हो ।
सत्तामा पुग्नेहरूमा मौलाएको भ्रष्ट आचरण यसको कारण हो । यो असन्तोषलाई सम्बोधन गर्नु र आप्mनो आचारण सुधार्नुको सट्टा यो अभिमतलाई नै कटाक्ष गर्ने रवैयाले नै यो स्थिति निम्त्याएकोमा विवाद आवश्यक छैन । सङ्घीययता र गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन भन्नेमा द्विविधा नभएजस्तै अब पनि धरपकड र जेलनेलको उपायले फरक विचारलाई दबाउन सकिन्छ भन्ने हो भने त्यो आत्मघाती हुनेछ । कम्तीमा राणा र राजाको निरङ्कुशताविरुद्ध लामो लडाइ“ लडेका राजनीतिक शक्तिहरूले त यो पक्कै बुझ्नुपर्ने हो ।