खेल संसार

आईपीएलमा पञ्जाब किंग्सको अपराजित यात्रा कायम

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले आफ्नो अपराजित यात्रा कायम राख्दै मंगलबार राति लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले पराजित गरेको छ। यो जितपछि पञ्जाबले दुई खेलबाट चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थान ओगटेको छ। पहिलो खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको थियो। लखनउका लागि भने यो लगातार दोस्रो हार हो। तीन खेल खेलिसकेको लखनउले जम्मा दुई अंक मात्र जोड्न सकेको छ।

लखनउको इनिङ

भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले २० ओभरमा सात विकेटको क्षतिमा १७१ रन बनायो। लखनउका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाए। आयुष बडानीले ४१ रन, एडन माक्रामले २८ रन, अब्दुल समादले २७ रन, र डेभिड मिलरले १९ रन जोडे। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न असफल रहे।

पञ्जाबका बलर अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चिए। लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन, र युजवेन्द्र चाहलले समान एक/एक विकेट हात पारे।

पञ्जाबको जित दिलाउने प्रदर्शन

लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमा मात्र दुई विकेट गुमाउँदै १७७ रन बनायो। ओपनर प्रभसिमरन सिंहले विस्फोटक ब्याटिङ गर्दै ६९ रन बनाए। ३४ बल खेलेका उनले नौ चौका र तीन छक्काको मद्दतमा सानदार अर्धशतक प्रहार गरे।

कप्तान श्रेयस अय्यरले अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले ३० बल खेल्दै तीन चौका र चार छक्कासहित अविजित ५२ रन बनाए। अघिल्लो खेलमा उनले गुजरातविरुद्ध ९७ रन बनाएर शतक बनाउन चुकेका थिए। नेहाल भाधेराले पनि उत्कृष्ट प्रदर्शन गर्दै २५ बलमा तीन चौका र चार छक्कासहित अविजित ४३ रन बनाए।

लखनउका बलर दिग्वेश राठीले चार ओभर बलिङ गर्दै ३० रन खर्चेर दुई विकेट लिए।

पञ्जाबको अपराजित यात्रा जारी रहँदा टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लखनउका लागि भने सुधार आवश्यक देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button