खेल संसार

यस्तो छ विश्व फुटबलमा जापानको निरन्तर सुधारको रहस्य

जापान पछिल्लो समय एसियाली फुटबलमा सबैभन्दा उत्कृष्ट टिमको रूपमा स्थापित हुँदै आएको छ। सन् २०२२ को विश्वकपमा जर्मनी र स्पेनलाई पराजित गर्दै जापानले आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ। महिला फुटबलमा पनि जापानले सन् २०११ मा विश्वकप जित्दै इतिहास रचेको थियो।

सन् १९९३ मा जे-लिग स्थापनासँगै जापानमा व्यवसायिक फुटबलले गति लिएको हो। विद्यालय र विश्वविद्यालय स्तरमा फुटबललाई विशेष जोड दिँदै जापानले युवा खेलाडी उत्पादनमा ध्यान दिएको छ। यही नीतिको परिणामस्वरूप जापानले लगातार आठ पटक विश्वकपको यात्रा तय गर्न सफल भएको हो।

जापान फुटबल महासङ्घको दूरदृष्टि, सरकारको सहयोग र शिक्षा प्रणालीमा खेललाई समावेश गर्ने नीतिका कारण जापानले निरन्तर सुधार गरिरहेको छ। विश्वविद्यालय तहमा समेत फुटबलको लोकप्रियता बढ्दै गएको छ, जसले युवा खेलाडी उत्पादनमा टेवा पुर्‍याइरहेको छ।

लगातार आठौँ पटक विश्वकपमा छनोट हुँदै जापानले एसियाली फुटबलमा आफ्नो प्रभावशाली स्थान पुनः पुष्टि गरेको छ। अबको लक्ष्य भनेको विश्वकपमा अझ सशक्त प्रदर्शन गर्ने रहनेछ।

जापानले सन् २०२६ मा हुने फिफा विश्वकपका लागि लगातार आठौँ पटक छनोट हुँदै इतिहास रच्न सफल भएको छ। सन् १९९८ मा पहिलो पटक विश्वकपमा प्रवेश गरेको जापान त्यसयता हरेक संस्करणमा सहभागी हुँदै आएको छ। अमेरिका, मेक्सिको र क्यानडापछि विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो एसियाली राष्ट्र जापान बनेको छ।

एसियाली छनोटको तेस्रो चरण जारी रहँदा जापान समूह ‘सी’मा शीर्ष स्थानमा छ। हालसम्म सम्पन्न सात खेलमा १९ अंक जोडेको जापानको विश्वकप यात्रा सुनिश्चित भइसकेको छ। सोही समूहमा अस्ट्रेलिया १० अंकसहित दोस्रो स्थानमा छ भने साउदी अरेबियाले ९ र इन्डोनेसियाले ६ अंक जोडेका छन्।

अन्य समूहमा इरान पनि सशक्त स्थितिमा रहेको छ। १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको इरान मंगलबार उज्बेकिस्तानसँग खेल्दैछ। सो खेलमा बराबरी गरे पनि इरानको विश्वकप यात्रा पक्का हुनेछ। दक्षिण कोरिया, जोर्डन र इराकबीच ‘बी’ समूहमा प्रतिस्पर्धा कायमै छ। दक्षिण कोरियाले १५ अंकसहित अग्रस्थानमा रहेको छ भने जोर्डन र इराकले १२-१२ अंक जोडेका छन्।

एसियाबाट यस पटक ८ टोली सिधै विश्वकपमा छनोट हुनेछन् भने नवौँ स्थानमा रहने टोलीले इन्टर-कन्फेडेरेसन प्लेअफ खेल्नेछ। दक्षिण कोरियाले अहिलेसम्म सबैभन्दा धेरै ११ पटक विश्वकपमा सहभागिता जनाएको छ भने अस्ट्रेलिया, इरान र साउदी अरेबियाले ६-६ पटक विश्वकप खेलेका छन्।

जापानी फुटबलका स्टार खेलाडी

जापानको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेका खेलाडीहरूमध्ये हिदेतोसी नाकाता, सिन्जी काजावा, कुनिसिगे कानामाटो, यासुहितो हिन्डो, काइसुके होल्डा, माकोतो हेसेबे र युटा नागामोतो प्रमुख रहेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button