भारतीय टीममा रोहित शर्माको कप्तानीको चर्चा

भारतले न्युजिल्यान्डलाई पराजित गर्दै तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि उनको चर्चा चुलीमा छ। भारतीय कप्तान रोहित शर्मा प्रतियोगितामा अपराजित रहँदै टिमलाई ऐतिहासिक सफलता दिलाउन सफल भएका थिए।
न्युजिल्यान्डसँगको फाइनल खेलमा रोहित शर्मा ‘म्यान अफ द म्याच’ घोषित भए। उनको उत्कृष्ट प्रदर्शनकै कारण भारतले २५२ रनको लक्ष्य सहजै पूरा गर्यो। प्रतियोगिता अघि उनको फर्मलाई लिएर शंका व्यक्त गरिए पनि प्रशिक्षक गौतम गम्भीरको विश्वास सही साबित भयो।
क्रिकेट विश्लेषकहरूले रोहित शर्मालाई आइसिसी प्रतियोगितामा भारतका सबैभन्दा प्रभावशाली ब्याट्सम्यानका रूपमा मूल्यांकन गरेका छन्। सन् २००७ को टी(२० विश्वकपदेखि हालसम्म उनले खेलेका प्रतियोगिताहरूमा महत्वपूर्ण प्रदर्शन गर्दै आएका छन्।
महत्वपूर्ण प्रदर्शनहरू:
- २००७ टी-२० विश्वकप फाइनल: जोहन्सबर्गमा पाकिस्तानविरुद्ध १६ बलमा ३० रन प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डो-याए।
- २०१५ विश्वकप क्वार्टर फाइनल: बङ्गलादेशविरुद्ध १३७ रनको उत्कृष्ट इनिङ खेले।
- २०१७ च्याम्पियन्स ट्रफी सेमिफाइनल: बङ्गलादेशविरुद्ध १२३ रन बनाए।
- २०२३ विश्वकप सेमिफाइनल: न्युजिल्यान्डविरुद्ध २९ बलमा ४७ रन प्रहार गर्दै टिमलाई राम्रो सुरुवात दिलाए।
- २०२४ टी-२० विश्वकप सेमिफाइनल: इंग्ल्यान्डविरुद्ध ३९ बलमा ५७ रनको महत्वपूर्ण पारी खेले।
भारतको दबदबा प्रदर्शन
भारतले पछिल्लो २४ खेलमध्ये २३ खेल जित्दै आइसिसी प्रतियोगितामा दबदबा कायम राखेको छ। भारतले २०२३ को एक दिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भए पनि त्यसपछि लगातार अपराजित रहँदै टी(२० विश्वकप र च्याम्पियन्स ट्रफी जितेको हो।
कप्तानको रूपमा रोहित शर्माले आइसिसी प्रतियोगितामा २७ जित दर्ता गरिसकेका छन्। एमएस धोनी ९४१ जित० र रिक्की पोन्टिङ ९४० जित० पछि रोहितको नाम उत्कृष्ट कप्तानको सूचीमा दरिएको छ।
भारतले पहिलो १० ओभरमा उच्च रनरेट कायम राख्दै अन्य टोलीहरूलाई पछि पारेको छ। २०२२ फेब्रुअरीयता भारतले पहिलो १० ओभरमा ८७ रनको औसत बनाएको छ, जुन अन्य टोलीको औसत ८०.९३ भन्दा उच्च छ। शुभमन गिल, विराट कोहली, श्रेयस ऐयार, केएल राहुल, र अलराउन्डरहरू हार्दिक पाण्ड्या, अक्षर पटेल, तथा रविन्द्र जडेजाले भारतलाई बलियो बनाएका छन्।
रोहित शर्माको कप्तानीमा भारतको प्रदर्शन ऐतिहासिक रह्यो। उनले तीनवटा आइसिसी प्रतियोगिता जिताउँदै महेन्द्र सिंह धोनी, रिक्की पोन्टिङ, र इमरान खानको क्लबमा समावेश भए। भारतले आगामी प्रतियोगिताहरूमा पनि यस्तै प्रदर्शन दोहोर्याउने अपेक्षा गरिएको छ।


