खेल संसार

सेना दिवसको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल

मधेश प्रदेशको राजधानीमा सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण फुटबल आयोजन भएको छ। धनुषाको महेन्द्रनगर स्थित श्री विष्णु दल गणले आज मैत्रीपूर्ण फुटबल आयोजन गरेको हो ।

रातो जर्सीको नेतृत्व जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र निलो जर्सीको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले गरेको सो खेलमा  विभिन्न पालिका प्रमुख, सुरक्षा निकाय लगायत विभिन्न कार्यालयका प्रमुखहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो ।

५ -५ गोलको खेल बराबरीमा पुगेपछि सो मैत्रीपूर्ण खेल पेनाल्टीमा १ गोलको अन्तरले निलो जर्सी विजयी भएका थिए । मैत्रीपूर्ण खेलपछि सांस्कृतिक कार्यक्रमको समेत आयोजन गरिएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button