खेल संसार

साम्बाको गोलमा लेबनानविरुद्ध नेपाललाई अग्रता

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा पहिलो हाफमा लेबनानविरुद्ध नेपालले अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको हो । खेलको ४२ औं मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो । विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानले क्लियर गरे पनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहर लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको हो ।

खेलको आठौं मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले पन्च गर्दै जोगाइन् । दशौँ मिनेटमा विमला चौधरीको हेडर क्रसबारको माथिबाट आकाशियो ।

१३औं मिनेटमा लाला स्कन्दरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । खेलको पन्धौं मिनेटमा प्रीति राईको प्रहार क्रसबारको माथिबाट बाहिरियो । २२ औं मिनेटमा रेखा पौडेलको ब्याक पासमा सावित्रा भण्डारीको प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button