खेल संसार

मोनाकोलाई रोकेर बेनफिका प्रवेश गर्यो दोस्रो चरणमा

सनसनी पूर्ण हाइ स्कोरिङ खेलमा मोनाकोलाई रोक्दै बेनफिका युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ।

मंगलबार राचि घरेलु भूमिमा भएको दोस्रो लेगमा बेनफिकाले ३–३ गोलको बराबरी गरेको हो। पहिलो लेगमा १-० ले विजयी बेनफिका ४–३ को सफलता पाउन सफल भएको हो।

खेलको २२ औँ मिनेटमा केरिम अटरकोग्लुको गोलमा बेनफिकाले पहिलो अग्रता लिएको थियो। ३२ औँ मिनेटमा टाकिनो मिनामिनाले गोल गरेपछि मोनाको खेलमा फर्किएको थियो।

खेलको ५१ औँ मिनेटमा मोरक्कोका बेन सेगिरले शानदार गोल गर्दै मोनाकोलाई अग्रता दिलाए भने ७६ औँ मिनेटमा भान्जेलिस पाब्लाडिसले गरेको गोलमा बेनफिका खेलमा अघि बढेको थियो।

खेलको ८१ औँ मिनेटमा जर्ज इलिखेनाले अर्को पटक मोनाकोलाई अग्रता दिलाउन सफल भए तर त्यसको तीन मिनेटपछि नै ओर्कुन कोकुले अल्भारो फर्नान्डेजको पिन प्वाइन्ट क्रसलाई गोलमा परिणत गरे।

मोनाकोसँग सनसनीपूर्ण खेल प्रदर्शन गरेको बेनिफिकाले दोस्रो चरणमा बार्सिलोना वा लिभरपुलमध्ये एउटा टिमसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button