खेल संसार

बार्सिलोना लिगको शीर्ष स्थानमा

रायो भल्कानोलाई १-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

डिसेम्बरपछि बार्सिलोना पहिलो पटक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे।

लिग अन्तर्गत भएका खेलमा यो सात रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल भएको हो।

यो जितका लागि गोल गरेसँगै लेवान्डोस्की यो सिजनमा २० औँ गोल गर्न सफल भएका छन्।

तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुवैको ५१ अंक भए पनि बार्सिलोना गोल अन्तरको आधारमा अघि छ। एट्लेटिकोको ५० अङ्क छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button