खेल संसार

आहा रारा गोल्डकपबाट बाहिरियो डिफेन्डिङ च्याम्पियन आर्मी

२४औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब बाहिरिएको छ। सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलको ९०औं मिनेटमा चर्च ब्वाइजका राज भुषालले निर्णायक गोल गरेका थिए। दुवै टिमले खेलभरि केही उत्कृष्ट अवसर गुमाएका थिए।

खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताए। चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले टिमको प्रदर्शन सुधार गर्दै सेमिफाइनल खेल्ने योजना रहेको उल्लेख गरे।

चर्च ब्वाइजका मिलन राई म्यान अफ दी म्याच घोषित भए। सेमिफाइनलमा चर्च ब्वाइजले बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

साहाराका ६ खेलाडी ब्रिगेड ब्वाइजमा

साहारा क्लब पोखराका ६ खेलाडी बि डिभिजन लिगका लागि ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन्। क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरूलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन्। ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

हाल एकेडेमीमा ३० बालक निशुल्क रुपमा फुटबल प्रशिक्षण लिइरहेका छन्। क्लबले हरेक वर्ष आयोजना गर्ने फुटबल प्रतियोगिताबाट आर्जित बचत रकम एकेडेमीका लागि खर्चिंदै आएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button