खेल संसार

रोहितको शतकमा भारतको जित

भारतले इङ्गल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा चार विकेटको सफलता पाएको छ। आइतबार भएको दिवा रात्रि खेलमा इङ्गल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछ्याएको भारतले ३३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा ३०८ रन जोडेको हो।

भारतका लागि कप्तान रोहित शर्माले शतकीय योगदान गरे। ९० बलको सामना गरेका उनले १२ चौका र ७ छक्काको सहयोगमा ११९ रन जोडेका हुन्। शर्माको यो ३२ औं एक दिवसीय शतक हो। जितसहित भारतले शृङ्खलामा २-० को अग्रता लिएको छ।

यसैगरी, शुभमन गिलले ५२ बलमा ६० रन जोडे। यी दुईले पहिलो विकेटका लागि १६.४ ओभरमा १३६ रनको साझेदारी गरे। श्रेयास ऐयारले ४४ तथा अक्षर पटेलले अविजित ४१ रनको योगदान गरे। इङ्गल्यान्डका जेमी ओभरटनले ५ ओभरमा २७ र खर्चेर २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै ३०४ रन जोडेको हो।

इङ्गल्यान्डले राम्रो सुरुवात गरे पछिल्लोक्रम टिक्न सकेन। इङ्गल्यान्डका फिल साल्ट र बिन डकेटले पहिलो विकेटका लागि १०.५ ओभरमा ८१ रनको साझेदारी गरे। डकेटले ५७६ बलमा ६५ तथा साल्टले २९ बलमा २७ रनको योगदान गरे। इङ्गल्यान्डका जोए रुटले ६९ रन जोडे। लिभिङ लियाम स्टोनले ३२ बलमा ४१ रन जोडे।

भारतका रवीन्द्र जडेजाले १० ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button