खेल संसार

चेल्सीविरुद्ध सिटीको शानदार जित

 म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित निकालेको छ। यो जितसँगै इङ्लिस प्रिमियर सिपको अंक तालिकामा सिटी चौथो स्थानमा उक्लिएको छ।

गएराति भएको खेलको तेस्रो मिनेटमा पहिलो खेल खेलिरहेका अब्दुकोरबिर खुसानोभले चेल्सीलाई अग्रता दिलाएका थिए।

जोस्को डिभार्डियोलले खेलको ४२ औँ मिनेटमा रिबाउन्डमा पाएको अवसरलाई उपयोग गर्दै सिटीलाई खेलमा फर्काएका थिए।

खेलको ६८ औँ मिनेटमा एर्लिङ हलान्डले चेल्सीका गोलरक्षक रोबर्ट साँचेजको गल्तीको फाइदा उठाउँदै सिटीलाई अग्रता दिलाए। ८७ औँ फिल फोडेनले चेल्सीका लागि अन्तिम गोल गरे।

४१ अङ्क रहेको सिटीले गोल अन्तरमा न्यूक्यासललाई पछि पार्दै चौथो स्थानमा उक्लेको हो। चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button