खेल संसार

भारतले अस्ट्रेलियाविरुद्ध पाँचौँ टेस्टमा कप्तान रोहित शर्मालाई किन बाहिर राख्यो ?

भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्ट खेलमा कप्तान रोहित शर्मालाई प्लेइङ ११ बाहिर राखेको छ। शृङ्खलामा खराब फर्ममा रहेका रोहितले चौथो टेस्टमा ३ र ९ रन मात्रै बनाएका थिए। प्रशिक्षक गौतम गाम्भीरले जसप्रित बुमराहलाई कप्तानको जिम्मेवारी दिएका छन्।

पाँचौँ खेलमा भारतले सुभमन गिललाई टोलीमा समावेश गरेको छ। लोकेश राहुल र यशस्वी जैसवालले पारीको सुरुवात गरे। तर, दुवै ओपनरहरू चाँडै आउट भए। राहुल ४ रन बनाएर मिचे स्टारकको बलमा आउट भए भने जैसवाल १० रन बनाएर स्कट बोलान्डको बलमा आउट भए। भारतले ७.४ ओभरमा १७ रन जोड्दा दुई विकेट गुमाएको हो।

अहिले शुभमन गिल र विराट कोहली क्रिजमा छन्। गिलले यस खेलमा तेस्रो क्रममा ब्याटिङ गरिरहेका छन्।

रोहितको बिदा र शृङ्खलामा भारतको अवस्था

रोहित शर्मा छोरोको जन्मको उपलक्ष्यमा बिदामा रहेका बेला पर्थमा भएको पहिलो टेस्टमा भारतले बुमराहको कप्तानीमा उत्कृष्ट प्रदर्शन गरेको थियो। तर, रोहित टोलीमा फर्किएपछि भारतले लगातार हार बेहोरेको छ।

मेलबर्नमा भएको चौथो टेस्टमा रोहितको प्रदर्शन कमजोर रह्यो। त्यसपछि उनलाई अन्तिम टेस्टको प्लेइङ ११ बाट बाहिर राखिएको हो। यस शृङ्खलापछि रोहितले सन्यासको विषयमा सोच्न सक्ने अनुमान गरिएको छ।

भारतले अस्ट्रेलियासँगको बोर्डर-गावस्कर ट्रफी जित्न वा कम्तीमा बराबरी गर्न पाँचौँ टेस्ट जित्नै पर्ने दबाब छ। यस शृङ्खलामा जित भारतका लागि १० वर्षमा पहिलो पटक ट्रफी गुम्न नदिने अवसर हुनेछ।

हालको खेल अवस्था

१३ ओभरको समाप्तिमा भारतले ३३ रन बनाएर दुई विकेट गुमाइसकेको छ। ओपनरहरूको खराब प्रदर्शनपछि अब गिल र कोहलीले भारतलाई मजबुत स्थितिमा ल्याउने जिम्मेवारी पाएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button