खेल संसार

ला लिगा : शीर्ष स्थानको बार्सिलोना लेगानेससँग पराजित

स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना लेगानेससँग १-० ले पराजित भएको छ। खेल सुरु भएको चौथो मिनेटमा ओस्कार रोड्रिगुयजको कर्नरमा सर्जियो गोन्जालेजले गरेको हेड गोलमा लेगानेसले अग्रता लिएको थियो। खेल अवधिभर बार्सिलोनाले दबाब दिए पनि गोल गर्न सकेन।

सो खेलमा बार्सिलोनाका राफिन्होको प्रहार क्रस बारमा लागेका थियो। स्पेनिस ला लिगमा १८ खेल खेलेको बार्सिलोना ३८ अङ्कसहित शीर्ष स्थानमा छ। १७ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिडको समेत ३८ अङ्क छ भने १७ खेल नै खेलेको रियल म्याड्रिडको ३७ अङ्क छ। चौथो स्थानमा रहेको एथलेटिक क्लबको १८ खेलमा ३३ अङ्क छ।

आइतबार भएका अन्य खेलमा एट्लेटिकको म्याड्रिडले गेटाफेलाई १-० ले हराएको छ भने रियल बेटिसले भिल्लारियललाई २–१ ले पराजित गरेको छ। अर्को खेलमा अल्भास र एथलेटिक बिलबोओको बिचमा १-१ गोलको बराबरी भएको छ। यसैगरी रियल सोसिडाड र लास पल्मासबिच गोलरहित बराबरी भएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button