खेल संसार

म्युनिखको फराकिलो जित : विपक्षीको पोस्टमा पाँच गोल

युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा एक गोलले पछि परेको बायर्न म्युनिख कमब्याक गर्दै विजयी भएको छ।

राति भएको खेलमा साख्तर डोन्सटकलाई म्युनिखले ५-१ ले हराएको हो। सो खेलको पाँचौँ मिनेटमा नै ब्राजिलियन फरवार्ड केभिनले साख्तरलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै कोनार्ड लेइमरले बायर्नका लागि बराबरी गोल गरेका थिए।

४५ औं मिनेटमा जमाल मुसियला, माइकल ओलिसे र लियोरी साने मिलेर बनाएको मुभको उपयोग गर्दै थोमस मुलरले गोल गरे। मुलरको सो गोल च्याम्पियन्स लिगको ५५ औं गोल हो।

दोस्रो हाफमा ओलिसेले प्राप्त पेनाल्टीलाई उपयाग गरे भने मुसियलाले अर्को गोल गरे। अन्तिम समयमा अ‍ेलिसेले नै बायर्नका लागि गोल गरे।

जितपछि म्युनिख १२ अङ्कसहित आठौँ स्थानमा छ। डोन्सटक भने ४ अङ्कसहित २७ औं स्थानमा छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button