खेल संसार

श्रीलंका श्रीलंकाले घरेलु मैदानमा तीन विकेटले विजयी

श्रीलंकाले आइतबार पालेकेलमा भएको दोस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डलाई तीन विकेटले पराजित गर्दै जित हात पारेको छ। वर्षाका कारण खेल ४७ ओभरमा सीमित गरिएको थियो।

न्युजिल्यान्डले दिएको २१० रनको लक्ष्य श्रीलंकाले ४६ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। श्रीलंकाका कुशल मेन्डिसले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७४ रन जोडे, जसका लागि उनलाई “म्यान अफ द म्याच” घोषित गरियो। पाथुम निसान्काले २८ रन बनाए भने नवौँ क्रममा आएका मोबिस थक्सेनाले पनि २८ रनको महत्त्वपूर्ण योगदान दिए।

बलिङतर्फ न्युजिल्यान्डका माइकल ब्रेसवेलले प्रभावशाली प्रदर्शन गर्दै १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो। न्युजिल्यान्डका मार्क चापम्यानले ७६ र माइकल हेले ४९ रन बनाए।

श्रीलंकाका महेश थक्सेनाले ९.१ ओभरमा ३१ रन खर्चेर तीन विकेट लिएका थिए भने जेफ्री भन्डर्सीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट हात पारे। यो जितसँगै श्रीलंकाले श्रृङ्खलामा उत्साहजनक प्रदर्शन गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button