खेल संसार

नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित

युरोपेली नेसन्स कप अन्तर्गत गएराति भएको खेलको सुरुवातमै हंगेरीका प्रशिक्षक अस्वस्थ भएका छन्। अस्वस्थ भएर मैदानमा ढलेका हंगेरीका सहायक प्रशिक्षक आदम स्जालाइको शारीरिक अवस्था अहिले सामान्य रहेको छ।

हंगेरी फुटबल संघले जारी गरेको विज्ञप्ति अनुसार प्रशिक्षक स्जालाइका आर्मस्ड्रम अस्पतालमा उपचार भएको हो। हंगेरीको बेन्चमा आएको समस्याका कारण ७ मिनेट खेल रोकिएको थियो।

प्रशिक्षक घाइते भएर अस्पताल पठाएपछि खेल सुरु भएको थियो। उक्त खेलमा नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित भयो। विजयी टोली नेदरल्यान्ड्स नेसन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

नवौँ मिनेटमा ओआउ ओगार्टको पेनाल्टी गोलमा नेदरल्यान्ड्सले खेलमा अग्रता लिएको थियो। नेदरल्यान्ड्सले पाएको अर्को पेनाल्टीलाई कोडी गाप्कोले उपयोग गरे। डेन्जेल डुम्फ्राइजले तेस्रो गोल गरे भने टियोन कुप मेयरनसले अर्को गोल गरे।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button