खेल संसार

एनपिएलमा कर्णाली याक्सबाट खेल्दै शिखर धवन

भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले धवनलाई टोलीमा अनुबन्ध गरेको हो।

कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट सबै फरम्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो।

धवनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलिसकेका छन्।

सम्झौतापछि धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन्। ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ। यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनको भनाइसहितको भिडियो कर्णाली याक्सले फेसबुकमा राखेको छ।

कर्णाली याक्समा ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक छन्। मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल कामी छन्। प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button