अन्तराष्ट्रिय

हमास प्रमुखका तीन छोराको इजरेली आक्रमणमा मृत्यु

हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिएको बताएका छन्।

हमास सम्बन्धित सञ्चार माध्यमले उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्प नजिक प्रहार भएको जनाएको छ।

हानियाले यो घटनाका कारण इजरेलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्। हमास र इजरेलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन्।

इजरेलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ। उनीहरूको समूह मुस्लिम पर्व इदको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ।

हानियाले अलजजिरासँग आफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद युद्धभरि गाजामै बसेको बताएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button