खबर फटाफटदेश

रास्वपा पर्साबाट प्रदेश कमिटीमा पन्त निर्बाचित

Thrill Factory
Rungta Group

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश
सदस्यमा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्त निर्बाचित भएका छन । पर्सामा रिक्त रहेको दुई प्रदेश सदस्य पुर्तिको लागि हिजो अबेर बिन्दबासिनी मन्दिरको सभा हलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापती समेत निर्बाचित भएका हुन ।

प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनाबमा शुरुमा १४ जना योग्यता पुगेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको बाताबरण निर्माण गर्न छ जना उम्मेदवारहरुले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अन्त सम्म कोशिश गर्दा पनि बाकीले उम्मेदवारी फिर्ता लिन नमाने पछि हरि पन्त , सुदिश प्रजापति , दिप राज पटेल , मुर्ली जलान र राम सुन्दर आर्य लगाएत ८ जनाले आ आफ्नु उम्मेदवारी कायम राखेका थिए ।

पर्साको चारै ओटा निर्वाचन क्षेत्रको निर्बाचित क्षेत्रीय पदाधिकारीहरु , जिल्लामा गठन भएका पालिका पदाधिकारीहरु र पर्सा बाट निर्बाचित प्रदेश प्रतिनिधिहरु गरि २८ मतभार ( मतदाता ) रहको निर्वाचनमा ३ मतदाता भने अनुपस्थित रहेका थिए ।
कुल खसेको मतमा सम्पूर्ण २५ मत सदर भएको थियो । जस मध्ये लगभग दुई तिहाइ सर्बधिक १७ मतभारद्वारा हरि पन्त निर्बाचित भएका थिए ।

यता अर्का निर्बाचित प्रदेश सदस्य सुदिश प्रजापति १० मतभार पाएर बिजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरुप पार्टीको जिल्ला सम्योजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्र , गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरु द्वारा प्रदेश कमिटि सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी हुन्छ ।

निर्बाचन सप्पन्न गराउन केन्द्रिय संगठन बिभागका सचिब शंकर श्रेष्ठ , केन्द्रिय सदस्य डा नन्दन यादब , मधेस प्रदेश सभापति इ तपेश्वर यादब , प्रदेश महामन्त्री मनिष साह, प्रदेश प्रबक्ता , कोषाध्यक्ष र जिल्लाका संयोजक उपसन्योजक लगायतका केन्द्रिय , प्रदेश र जिल्लाका पदाधिकारी हरु बिरगंज आएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button