अन्तराष्ट्रिय

इजरायली प्रधानमन्त्री नेतन्याहू गाजामा नयाँ युद्धविराम वार्ता गर्न सहमत

Thrill Factory
Rungta Group

गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाएका छन् ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि उहाँले वार्ताका लागि सहमति जनाएका हुन् ।

वार्तामा अगाडि बढ्नका लागि दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य गरेको घोषणाको केही दिन पछि नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी रहेको थियो । इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको थियो ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले आफ्नो आदेशमा भनेको छ, “गाजामा प्यालेस्टाइनीहरूले अब अनिकालको मात्र सामना गर्नु परेको नभई भोकमरी सुरू भइसकेको छ ।” प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले एक्समा लेख्नुभएको छ, “यो फैसलाले गाजा पट्टीमा विनाशकारी मानवीय स्थिति मानव निर्मित र बिग्रँदो छ भन्ने कुराको स्मरण गराएको छ ।”

अदालतले गत जनवरीमा इजरायलले गाजामा तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउनुपर्ने र नरसंहार रोक्नुपर्ने फैसला सुनाएको थियो तर इजरायलले दक्षिण अफ्रिकाले ल्याएको मुद्दा अस्वीकार गरेको थियो ।

आइसिजेको पछिल्लो बाध्यकारी आदेश जारी हुँदा इजरायली सेनाले शुक्रबार अल–शिफा अस्पतालमा १२ औं दिन पनि कारबाही जारी राखेको बताएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले तटीय क्षेत्रमा रातभर दर्जनौँ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

दक्षिणी शहर राफाको एक घरमा १२ जनाको मृत्यु भएको छ । एएफपी टिभीका तस्बिरहरूले देखाएअनुसार हवाई आक्रमणपछि भग्नावशेषमा फसेका मानिसहरूलाई मुक्त गर्न पुरुषहरूले मोबाइल फोनको उज्यालोमा काम गरिरहेका देखिन्छ ।

आईसीजेले इजरायललाई ‘तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताको आपूर्ति सुनिश्चित गर्नका लागि सबै आवश्यक र प्रभावकारी उपायहरू’ अपनाउन आदेश दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button